घोराही, १४ कात्तिक- वाम गठबन्धनले दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको टुंगो लगाएको छ। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गरेपछि टिकट बाँडफाँटमा समस्या भएको थियो। महरा प्रतिनिधिसभा र पोखरेल प्रदेशसभा सदस्य उम्मेदवार हुने गरी टिकटको टुंगो लागेको खबर अन्नपूर्ण पोस्टमा छ ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि माओवादीका महरा उम्मेदवार बन्दै छन् भने प्रदेशसभातर्फ (१) मा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल उम्मेदवार बन्नेछन्।