२३ असार २०८३, मंगलबार

फेरि सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक

भदौ ११, २०८१
काठमाडौं
फेरि सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक
फाइल तस्वीर ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न समस्या भएपछि कांग्रेसको बैठक बुधवारबाट आगामी भदौ १६ गते आइतवार बस्ने गरी सारिएको हो । 

यसअघि साउन २३ देखि २८ गतेसम्म बैठक चलेको थियो । तर केही दिन रोकेर गत शुक्रवार बैठक डाकियो । सो बैठकले पनि महासमितिका प्रस्तावमा सहमति जुटाउन सकेन । यसैले बैठक १२ गतेका लागि सारिएको थियो ।

तर प्रस्तावमा सहमति जुट्ने स्थिति नआएपछि कांग्रेसले यो बैठक पनि झण्डै एक साता पछिलाई सारेको छ । 

महामन्त्री थापाको १५ औं महाधिवेशन, चुनावी गठबन्धन र विश्वप्रकाश शर्माको 'नेताहरूको बहिर्गमन' प्रस्तावको विषयले पार्टीमा विवाद हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्