११ साउन २०८३, सोमबार

एमाले र माओवादीले आज उम्मेदवार टुंगो लगाउँदै

कात्तिक २०, २०७४
एमाले र माओवादीले आज उम्मेदवार टुंगो लगाउँदै

काठमाडौँ, १४  कात्तिक - नेकपा (एमाले) ले मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ ।uml_2

एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार हिजो प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र आज प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ ।

नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रले पनि सोमबार उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ ।

तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्