०५ असार २०८३, शुक्रबार

दुर्गा प्रसाईंका समर्थकद्वारा बुटवलमा प्रदर्शन

भदौ ११, २०८१
बुटवल
दुर्गा प्रसाईंका समर्थकद्वारा बुटवलमा प्रदर्शन

रुपन्देहीको तिलोत्तमामा लेनदेनको विषयमा आपसी विवादका बीच दुर्गा प्रसाईंको समर्थक बताउने एक समूहले मंगलबार प्रदर्शन गरेका छन् ।

तिलोत्तमा–३ स्थित स्थानीय विमलाकुमारी श्रेष्ठले बिक्री गरिसकेको घर पुनः विमलाले नै पाउनु पर्ने भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

यद्यपि उक्त घर जग्गा २०७४ साल असार १६ गते पीडित भनिएकी विमला कुमारीले पशुपति घिमिरेकी श्रीमती राधादेवी पौडेल (घिमिरे)लाई बिक्री गरेको देखिन्छ ।

उक्त समय विमलाले घर बिक्री गरेको नभई बन्दगीका रूपमा दिएका कारण पुनः फिर्ता मागेको उल्लेख दाबी गरेकी छन् ।

घर फिर्ता गर्नुपर्ने पक्षमा नारा लगाउँदै दुर्गा प्रसाईं समर्थकहरूले जस्तोसुकै कदम चाल्न तयार हुने चेतावनी दिएका छन् ।

सोही घरमा कार्यालय स्थापना गर्ने घोषणासहित विमलाको पक्षमा लड्ने प्रतिवद्धता गरिएको प्रसाईं समर्थक संस्था राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका जिल्ला संयोजक शंकर कोइरालाले बताए । 

उक्त घर जग्गा ७ वर्ष अगाडि नै खरिद गरेका पशुपति घिमिरेले प्रशासनको सहयोगमा खाली गराउन खोज्दा प्रसाईं समर्थक बताउने समूहले रोकेका हुन् ।

यद्यपि घिमिरले ७ वर्षअघि नै उक्त घर जग्गा खरिद गरेका कारण उनकै हुने जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले समेत फैसला गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्