२३ असार २०८३, मंगलबार

भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

भदौ ११, २०८१
काठमाडौं
भारतीय प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार

भारतको कोलकातामा यसै महिना बलात्कार र हत्या गरिएकी चिकित्सकको न्यायका लागि माग गरिरहेका हजारौँ प्रदर्शनकारीसँगको झडपमा प्रहरीले मङ्गलबार अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । 

कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ । 

मङ्गलबारको प्रदर्शनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौँ मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले । उनीहरूले नारा लगाउँदै प्रहरीसँग झडप गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज गर्यो । 

विरोध प्रदर्शनमा सहभागी कलेज छात्रा नमिता घोषले भीडले लाठीचार्जअघि ‘शान्तिपूर्ण विरोध’ गर्ने उद्देश्य राखेको बताइन् । 

कोलकातामा धेरै विरोध प्रदर्शन अनियन्त्रित राजनीतिक जुलुसहरूमा परिणत भएका छन् । यसमा राज्य सरकारसँग असन्तुष्ट सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ । 

भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो तर यो पश्चिम बङ्गालको राजधानी कोलकातामा विपक्षी दल हो । भाजपाका प्रदर्शनकारीहरूले बनर्जी सरकारमाथि महिलाका लागि असुरक्षित वातावरण बनाएको आरोप लगाएका छन् । असुरक्षित वातावरणले चिकित्सकको हत्यालगायतका अपराध हुन दिएको उनीहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्