०९ असार २०८३, मंगलबार

पोखराका २२३ वटा स्कुल बसमा जाँच, १७ वटा कारबाहीमा

भदौ ११, २०८१
कास्की
पोखराका २२३ वटा स्कुल बसमा जाँच, १७ वटा कारबाहीमा

 जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।
    
जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए । 
    
जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घनगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्