
काठमाडौं १४ कात्तिक – हरेक महिना टियागो बिक्री संख्या उल्लेखनिय रुपमा बढीरहको छ । टाटाका गाडीहरुको नेपालस्थित एक मात्र आधिकारीक बिक्रेता सिप्रदी टे«डिङले विगत एक वर्षमा ८०० वटा भन्दा वढी गाडीहरु बिक्री गरेको छ ।
टाटाका कारहरु खदिर गर्दा पैसाको साच्चै नै अधिकतम उपयोग हुने सिप्रदीले जनाएको छ । टाटा टियागोले यसलाई एक कदम अगाडी बढाएको छ । यो हयाचब्याक प्रिमियम देखिन्छ तथापि पेट्रोल भर्जनको मूल्य रु २२,५५,००० बाट शुरु हुने कम्पनीले जनाएको छ । टियागोले उक्त मूल्यमा धेरै विशेषताहरु प्रदान गरेको समेत सिप्रीदीले जनाएको छ ।
गाडीमा जडीत मल्टी ड्राइभको सुविधा केबल अरु उच्च दर्जाका गाडीमा मात्र पाइन्छ । यसैगरी टियागो २४० लिटरको सबैभन्दा बढी क्षमता भएको बुट स्पेशले पनि सम्पन्न छ ।
टियागो स्वरुप यति आकर्षक छ कि यसले ग्राहकवर्गको मनलाई जितेको छ । यस गाडीको रियर स्पोइलर, ठूलो हेडल्याम्प एवं पछाडीको ल्याम्पमा ब्ल्याक एसेन्टको अतुलनिय विशेषता छ ।
स्पोटी एवं क्लासी पनि देखिने टियागोको प्रमुख लक्षित गाहकवर्ग युवाहरु हुन ।
नेपााली बजारमा ग्राहकवर्गले नयाँ चारपाङ्गे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीहरुलाई वढी प्राथमिकता दिन्छन । टियागो आफ्नो श्रेणीमा सबैभन्दा कम इन्धन खपत गर्ने गाडी हो । ८४ बी एच पी ११४ एन एम शक्ति प्रदान गर्ने १२ लिटर पेट्रोल इन्जिन भएको टियागोले प्रति लिटर २३.८४ किलोमिटर सुनिश्चित गर्दछ ।