२० असार २०८३, शनिबार

अमेरिकाको टेक्ससमा फेरि एक नेपालीको गोली हानी हत्या

भदौ १२, २०८१
काठमाडौं
अमेरिकाको टेक्ससमा फेरि एक नेपालीको गोली हानी हत्या
फाइल तस्वीर

अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो । 

उनको छातीमा गोली लागेको नेप्योर्कले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । 

समाचारमा जनाइएअनुसार प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो ।

खसोखासमा प्रकाशित समाचारअनुसार २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

यसअघि टेक्ससमै अर्का एक नेपाली दीपक वलीको पनि गोली हानी हत्या गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्