०८ असार २०८३, सोमबार

लगातार घटिरहेको नेप्से परिसूचक प्रि-ओपन सेसनमा ८ अंकले बढ्यो

भदौ १२, २०८१
काठमाडौं
लगातार घटिरहेको नेप्से परिसूचक प्रि-ओपन सेसनमा ८ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा झिनो अंकले बढेको छ । प्रि-ओपन सेसनमा बुधवार नेप्से परिसूचक ८.४८ अंकले बढेर २७९१.०९ बिन्दुमा कायम भएको हो । 

सेयर बजारको नियमित कारोबार खुल्नुभन्दा अघि १८ हजार ७२९ कित्ता सेयरको खरिदबिक्री हुँदा १ करोड १७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै १११.९६ अंकले घटेर परिसूचक २७८२.६० को बिन्दुमा अडिएको थियो । सोमबार पनि नेप्से ७९.८८ अंकले घटेर बन्द भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्