०९ असार २०८३, मंगलबार

एलआईसी नेपालको 'जीवन उत्सव बीमा' योजना सार्वजनिक, यस्ता छन् सुविधा

भदौ १२, २०८१
काठमाडौं
एलआईसी नेपालको 'जीवन उत्सव बीमा' योजना सार्वजनिक, यस्ता छन् सुविधा

एलआईसी नेपालले 'जीवन उत्सव बीमा' योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत बीमाङ्कको दुई गुणासम्म सुरक्षा एवं थप अतिरिक्त दुर्घटना लाभसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । 

नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकमसहित आर्जित बोनस प्रदान गरिने छ । 

एलआईसी नेपालको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणयकुमार, नायब कार्यकारी निर्देशकए दत्ता, सूचना प्रविधि प्रमूख रोहित बुदियाल,  मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठलगायतले आज बीमा योजनाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । 

null

शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत कुमारले बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याइए बताए ।

salt training

कमेन्ट गर्नुहोस्