२६ असार २०८३, शुक्रबार

नेताविरुद्ध नारा लगाएकै भरमा युवालाई पक्राउ गर्ने काम बन्द गरियोस्– सांसद ढकाल

भदौ १२, २०८१
काठमाडौं
नेताविरुद्ध नारा लगाएकै भरमा युवालाई पक्राउ गर्ने काम बन्द गरियोस्– सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेताविरुद्ध नाराबाजी गरेकै भरमा युवामाथि धरपकड शुरू गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले नेतालाई गाली गरेकै भरमा युवालाई पक्राउ गर्ने रवैया नदेखाउन सरकारलाई चेतावनी दिएका हुन् ।

‘गौरा पर्वको अवसरमा नेतालाई गाली गरेको भन्दै अराजक बहाना लगाएर हिजोबाट युवालाई हिरासतमा राख्न थालिएको छ । स्वदेशमा अवसरबाट वञ्चित बनाइएका ती युवाले सिंहदरबारका बेइमानलाई खबरदारी गर्दा पक्राउ गर्न पाइँदैन’ ढकालले भने, ‘जिल्लामा स्टाटस लेखेकै भरमा पक्राउ गरिएको छ । यो कमिलाको उड्ने बेलामा प्वाख पलाएजस्तो नहोस् ।’ 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सोमवार नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्