३२ असार २०८३, बिहीबार
संसदमा एमाले भर्सेस माओवादी

योगेशले 'माओवादी हिंसा’ भनेपछि संसदमा हंगामा, परिस्थिति सम्हाल्न सभामुखलाई सकस

भदौ १२, २०८१
काठमाडौं
योगेशले 'माओवादी हिंसा’ भनेपछि संसदमा हंगामा, परिस्थिति सम्हाल्न सभामुखलाई सकस

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि संसदमा हंगामा भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा भट्टराईले बोल्दै गर्दा माओवादी हिंसा नभएको भए जलविद्युत् क्षेत्रले पहिले नै फड्को मार्ने बताएका थिए । 

माओवादी आन्दोलनलाई हिंसा भनिएको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसदहरूले उठेर आपत्ति जनाए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले माओवादी आन्दोलनलाई हिंसा भनिनु संविधानविपरीत भएको दाबी गरे । तर भट्टराईले हिंसा नै हो भनिरहे ।

null 

त्यसपछि माओवादीका अरू सांसद पनि उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै माओवादी सांसदलाई बस्न आग्रह गरे । तर माओवादी सांसदले मानेनन् ।

 माओवादीका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनलाई हिंसा भनिएकोमा आपत्ति जनाउँदै सो शब्द फिर्ता गर्न माग गरे । भट्टराईले फेरि भने, ‘हिंसै हो नि सभामुख महोदय । हिंसा हो, हिंसाबाहेक केही होइन ।'

null 

त्यसपछि माओवादी सांसदहरू झनै आक्रोशित भए । यसपछि पनि भट्टराई रोकिएनन् । ‘तपाईंले धम्की दिएर कोही डराउँदैन । हिंसा हो,’ उनले भने । माओवादी र एमाले सांसदहरूबीच भनाभन भएपछि परिस्थिति सम्हाल्न सभामुखलाई हम्मे–हम्मे परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्