२३ असार २०८३, मंगलबार

सभामुखको निर्देशनपछि पनि संसदमा योगेशले भने– मान्छे मार्ने, गोली ठोक्ने काम हिंसा नै हो

भदौ १२, २०८१
काठमाडौं
सभामुखको निर्देशनपछि पनि संसदमा योगेशले भने– मान्छे मार्ने, गोली ठोक्ने काम हिंसा नै हो

माओवादी सशस्त्र संघर्षलाई नेकपा (एमाले)का सांसदले ‘हिंसा’ भनेपछि प्रतिनिधिसभामा लामो भनाभन भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा एमाले सचिव योगेश भट्टराईले ‘माओवादी हिंसा’ भनेका थिए । 

नेकपा (माओवादी केन्द्र)का सांसदले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा उठेको ‘हिंसा’ भन्ने अभिव्यक्तिबारे छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन दिए । सभामुखको रुलिङपछि पनि भट्टराईले माओवादी आन्दोलन हिंसा नै भएको बताए ।

null 

‘राजनीतिक प्रतिबद्धतामा के छानबिन हुन्छ ? हामीले लिएको सिद्धान्तमा के छानबिन हुन्छ ?’, उनले भने, ‘विद्युतको ट्रान्समिसन पड्काउनु, मान्छे मार्नु, गोली ठोक्नु, प्रहरी चौकी आक्रमण गर्नु र सामान्य मान्छेलाई आतंकित बनाउनु सबै हिंसा हो ।’

भट्टराईले सभामुखको रुलिङ उल्लंघन गरेको भन्दै माओवादीका सचेतक हितराज पाण्डेले आपत्ति जनाए । 

salt training

कमेन्ट गर्नुहोस्