०९ साउन २०८३, शनिबार

‘सरकारविरुद्ध सडक आन्दोलन गर्नुपर्छ’

भदौ १२, २०८१
काठमाडौं
‘सरकारविरुद्ध सडक आन्दोलन गर्नुपर्छ’

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनबारे नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । 

मंगलबारदेखि काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका हुन् । 

बैठकमा आजपा स्थायी कमिटीका सदस्य रन्जु साहले बैठकमा पेस गरिएको प्रतिवेदन देश र जनताका लागी भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताइन् । 

राजनीतिक प्रतिवेदन सही भएको भए पनि त्यसमा महिला हिंसाको विषय नसमेटिएको बताउँदै साहले देश तथा विदेशमा समेत भइरहेका घटनाको विरुद्धमा सङ्घर्षका कार्यक्रम पार्टीले ल्याउनु पर्ने सुझाव दिइन् । 

यस्तै आजपाका नेता धनकुमारी मगरले मजदुरका समस्या वर्तमान सरकारले समाधान गर्न नसकेको बताउँदै मजदुरको हकहितका लागि सङ्घर्षका कार्यक्रम सहित पार्टी अगाडी बढ्नुपर्ने सुझाव दिइन् । 

बैठकमा आजपा नेता एवं कबाड व्यवसायी संघका अध्यक्ष संजय साहले काठमाडौँ महानगरले कबाड व्यवसायीलाई दिइरहेको दुख एवं हर्कतका विरुद्ध कडा आन्दोलनको आवश्यकता रहेको बताए । 

बैठकमा आजपाका स्थायी कमिटीका सदस्य एवं मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरले नेपालमा मुस्लिम विश्वविद्यालय स्थापनाका लागि संघर्षमा उत्रिनु पर्ने आवश्यकता रहेको बताए । 

यसैगरी बैठकमा आम महिला मोर्चाका अध्यक्ष एवं महिला नेतृ बबिता साहले महिलाहरूलाई राज्यको हरेक अंगमा ५१ प्रतिशत सहभागी हुनुपर्ने माग गरिन् । जनसङ्ख्याको आधारमा महिलाको सहभागिता सन्तोषजनक नभएको बताउँदै उनले हरेक आन्दोलन एवं परिवर्तनमा माहिलाको सहभागिता भएपनि राज्यको विभिन्न निकायमा सहभागिता नभएको बताइन् । 

बैठकमा आजपा नेता प्रशान्त तिमिल्सिनाले वर्तमान सरकार लुटकारी र भ्रष्ट चरित्रको भएको बताउँदै त्यसका विरुद्धमा छिटोभन्दा छिटो आन्दोलन घोषणा गर्नुपर्ने सुझाव दिए । 

बैठकमा आजपा नेता देवी पण्डित, उमेश कुशवाहा, सुनिता साह, नवीन महतो, चन्दन साह, नरेश तुराहा, प्रदीप साह, रवीन्द्र सिंह, सागर पाण्डे, भानु कोइराला, केबि रावत, लखिन्द्र साह, महम्मद आरिफ, राजेश शर्मा, बिरबल महतो, रामसागर महासेठ, रमेश थपलिया, रुपबहादुर पाख्रिन, शिव थापा लगायतका नेताले भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्ध आन्दोलनको विकल्प नभएको बताएको आजपा महासचिव त्रिभुवन साहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्