
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पोलिटब्युरो सदस्य पदमा विजयी भएकी छन् । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी उनी सो पदमा पराजित भएपनि पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी हुन् ।
यस्तै विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झालगायत पनि निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।