०१ साउन २०८३, शुक्रबार

सिरहाको सहकारीका सात हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

भदौ १३, २०८१
सिरहा
सिरहाको सहकारीका सात हजार बचतकर्ताको करोडौँ रकम जोखिममा

सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आएका छन् । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उनले सो रकम प्रयोग गर्न पाएका छैनन् । पछिल्लो एक वर्षदेखि पटकपटक सहकारीमा धाउँदा पनि मौज्दात रकम नभएको भन्दै कर्मचारीहरूले चेक फिर्ता पठाउने गरेको महतोको गुनासो छ । 

यस्तै, रु ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । 
 गोलबजारमा १८ वर्षअघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ता आक्रोसित छन् । दैनिक रु पाँच लाखसम्म निक्षेप सङ्कलन हुने सहकारी हाल बन्दजस्तै छ ।

सात हजार दुई सय बचतकर्ताहरुको रु १८ करोडभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् । गोलबजारका ३१ जना प्रतिष्ठित व्यापारीले रु २५ हजार शेयर पुँजी राखेर सहकारी खोलिएको थियो । त्यसैले पनि स्थानीयले निकै विश्वास गरेर रकम जम्मा गरेका थिए । यही विश्वासले सहकारीले छोटो समयमै धेरै ग्राहक बनायो तर हाल त्यही विश्वासमाथि कुठाराघात भएको बचतकर्ताहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्