२८ जेठ २०८३, बिहीबार

बाढीले गुजरातमा १२ फिटसम्म पानी भरियो, तीन दिनमा २८ जनाको मृत्यु

भदौ १३, २०८१
काठमाडौं
बाढीले गुजरातमा १२ फिटसम्म पानी भरियो, तीन दिनमा २८ जनाको मृत्यु

विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण भारतको गुजरातका धेरै क्षेत्र जलमग्न भएका छन् ।  सौराष्ट्र र मध्य गुजरातमा ४८ घण्टादेखि परेको अविरल वर्षाका कारण धेरै गाउँ र शहर डुबानमा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बाढीबाट वडोदरा शहर सबैभन्दा बढी प्रभावित भएको छ। स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको बताए ।

हिन्दुस्तान टाइम्सका अनुसार गुजरातमा विगत तीन दिनमा भारी वर्षा र बाढीका कारण २८ जनाको ज्यान गएको छ । करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा कुल १६ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्