३० जेठ २०८३, शनिबार

एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

भदौ १३, २०८१
काठमाडौं
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुट उत्पादन शुरू गरेर बजारीकरण गर्न थालेको छ । इन्डस्ट्रिजले नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक कोदोको बिस्कुट उत्पादन शुरू गरेको हो ।

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ ।

तर, एसियनले एकैचोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको जनाएको छ।

उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्द्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन शुरू गरेको उद्योगका संचालक आशिष जाजलूले बताए । बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्