२३ असार २०८३, मंगलबार

शेयर बजारमा फेरि दोहोरो अंकको गिरावट, नेप्से २७ सय ५० भन्दा तल

भदौ १३, २०८१
काठमाडौं
शेयर बजारमा फेरि दोहोरो अंकको गिरावट, नेप्से २७ सय ५० भन्दा तल

शेयर बजारमा बिहीबार पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ बिन्दुमा कायम भएको छ ।

३ हजार बिन्दुमाथि पुगिसकेको नेप्से पछिल्लो केही दिनयता लगातार घटेर २७ सय ५० बाट पनि तल झरेको छ ।

साताको अन्तिम कारोबार दिन १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ५३ कम्पनीको मूल्य बढेको छ ।  २ कम्पनीको शेयर मूल्य भने यथावत रह्यो ।

कारोबार रकम भने १२ अर्ब २४ करोडमा सीमित भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्