
राष्ट्रपति रामचन्द्र पौडेलले सक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले संसदका दुवै सदनबाट पारित भएर आएको टीआरसी विधेयक बिहीवार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै टीआरसी (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग) विधेयकले कानूनको मान्यता पाउने छ र कार्यान्वयन हुनेछ ।
यसअघि बुधवार मात्रै सभामुख देवराज घिमिरेले टीआरसी विधेयक प्रमाणीकरण गरेका थिए ।
टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।