०३ साउन २०८३, आइतबार
मन्त्रिपरिषद्को निर्णय

एकनारायण अर्याल मुख्यसचिव नियुक्त

भदौ १३, २०८१
काठमाडौं
एकनारायण अर्याल मुख्यसचिव नियुक्त

सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । 

हालकी मुख्य सचिव लीलादेवी गडतौला शुक्रवारदेखि अनिवार्य अवकासमा जान लागेकाले सरकारले बिहीबारनै नयाँ मुख्य सचिव नियुक्त गरेको हो । 

स्याङ्जाको करेनडाडा-४ का अर्याल २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए। पछिल्लो समय उनी २०८० फागुन २८ देखि गृह मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्