२५ असार २०८३, बिहीबार

आजकै दिन यसरी गरिएको थियो भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या

कात्तिक २०, २०७४
आजकै दिन यसरी गरिएको थियो भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या

काठमाडौं, १४ कार्तिक– आज अक्टोर ३१ । सन् १९८४ मा आजकै दिन तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको गोली हानी हत्या गरिएको थियो ।

सुरक्षामा खटिएका दुईजना अङ्गरक्षकले नै गोली हानेर इन्दिराको हत्या गरेका थिए । इन्दिराको गोली हानी हत्या गरिएपछि वंश निरन्तराजस्तै उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्री बनाइएको थियो ।

३१ अक्टोर १९८४ विहान करिब ९ बजे गान्धी दिल्लीको सफदरजंग रोडस्थित आफ्नो निवासबाट बाहिर निस्किइन् । उनलाई त्यतिबेला अकबर रोड जानु थियो । जहाँ उनको कार्यालय थियो । त्यतिबेला उनलाई चर्चित अभिनेता तथा लेखक पीटर उस्तिनोवसँग कुराकानी पनि गर्नु थियो । उक्त कुराकानी एक विदेशी टेलिभिजनका लागि थियो ।

उनको निवास र कार्यालयबीचको दूरी कमै नै थियो । र भेटवार्ता पनि अनौपचारिक थियो । त्यसैले उनले त्यतिबेला महत्वपूर्ण मानिने सुरक्षा साधनको उपयोग गरिनन् । उनीसँग आर.के.धवन, कन्स्टेबल नारायण सिंह, सब–इन्सपेक्टर रामेश्वरदास तथा सहयोगी नाथूराम थिए ।

केही समयमै उनी अकबर रोड पुगिन् । जसको दुईटै तर्फमा झाडी उम्रिएको थियो । गेटमा उभिएका सब–इन्स्पेक्टर बेअन्त सिंहले उनलाई अभिवादन गरे र ढोका खोले ।

प्रधानमन्त्री गान्धी ढोकाबाट भित्र छिर्न मात्रै लागेकी थिइन् बेअन्तले आफ्नो पेस्तोल निकालेर एक मिटरभन्दा पनि कम दुरीबाट गोली बर्साउन थाले । ९ बजेर १६ मिनेट हुँदा इन्दिरा जमिनमा ढलिसकेकी थिइन् ।



त्यसपछि सुरक्षामा तैनाथ अर्का अङ्गरक्षक सतवन्त सिंह (जो सेनाबाट थिए)ले जमिनमा ढलिसकेकी इन्दिराको शरीरमा लगातार गोली बर्साउन थाले । पहिले नै जमिनमा ढलिसकेकी इन्दिरालाई सतवन्तले करिब २३ राउण्ड गोली प्रहार गरे ।

त्यसपछि दुवैजनाले हतियार जमिनमा फालेर त्यहाँ तैनाथ अन्य सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गर्दै भने, ‘हामीले जे गर्नु थियो गरिसक्यौं । अब तिमीहरुलाई जे गर्नु छ त्यो गर ।’

त्यसपछि केही सैनिक अधिकारीले स्थितिलाई नियन्त्रणमा लिँदै बेअन्त सिंह र सतवन्त सिंहलाई कुटपीट गर्दै गार्ड रुममा लगेर राखे । दुईवटै हत्यारा त्यहाँ करिब १० मिनेट रहेका थिए, इन्डो–तिब्बतीयन सीमा प्रहरीका दुई प्रहरीले गोली प्रहार गरेर बेअन्त सिंहलाई मारिदिए । ती दुई प्रहरी थिए, इन्सपेक्टर शर्मा र कन्स्टेबल दर्शन सिंह ।

दुवै हत्यारालाई गार्ड रुममा राख्ने तयारी भइरहँदा सतवन्तले प्रहरीको पेस्तोल खोस्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको ती दुई प्रहरीको भनाइ थियो ।



इन्दिरा गान्धीको हत्या भएको खबर सार्वजनिक भएसँगै धेरै ठाउँमा हिंसा भड्किएको थियो । हत्यारा दुवै जना शिख समुदायका भएकाले राजधानी दिल्लीलगायत धेरै ठाउँमा शिखमाथि आक्रमण हुन थाल्यो ।

इन्दिरा गान्धीको हत्या भएको समाचार सबैभन्दा पहिले बीबीसीले प्रसारण गरेको थियो । बीबीसी हिन्दी रेडियोमा पहिलोपटक ‘भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीमाथि सांघातिक आक्रमण’ भनेर खबर प्रसारण गरिएको थियो ।

गान्धीको हत्यामा संलग्न भएका भनिएका व्यक्तिलाई फासीको सजाय सुनाएको थियो ।

इन्दिरा गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन् । इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्