०३ असार २०८३, बुधबार

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै, अध्यक्ष लिङदेनले उद्‌घाटन गर्ने

भदौ १४, २०८१
काठमाडौं
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै, अध्यक्ष लिङदेनले उद्‌घाटन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको धुम्बाराहीमा बिहान ९:३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

'बैठकमा पार्टीले लिएका नीतिहरूबारे सल्लाकारहरूले आफ्नो धारण दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । ३४ वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो,' उनले भने । 

सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताए ।

संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिने छन् भने बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्