२२ असार २०८३, सोमबार

धरानमा बाढीले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थीको मृत्यु

भदौ १४, २०८१
धरान
धरानमा बाढीले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थीको मृत्यु

धरानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । 

धरान–११ मङ्गलबारे नजिक ड्रेनबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बू मृत भेटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्