१९ असार २०८३, शुक्रबार

ब्राजिलमा ‘एक्स’ माथि प्रतिबन्ध

भदौ १५, २०८१
काठमाडौं
ब्राजिलमा ‘एक्स’ माथि प्रतिबन्ध

ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर)लाई प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि एक्समा प्रतिबन्ध लगाइएको हो ।

एक्सले म्यादभन्दा पहिले ब्राजिलमा आफ्नो कानूनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो।

गत अप्रिलमा एक्सले गलत सूचना प्रवाह गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । यो मुद्दामा सुनुवाई गर्दै अदालतले दर्जनौँ एक्स अकाउन्ट बन्द गराउन आदेश दिएको थियो । 

अदालतले ब्राजिलभित्र एप्पलको एप स्टोर तथा गुगल प्लेस्टोरबाट समेत एप्लीकेशन हटाउन सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ । यस्तै कसैले भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरेर चलाएको पाइएमा ५० हजार डलर जरिवाना गर्न आदेश गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्