जाडो मौषममा चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरुले बढी सास्ती खेप्नुपर्ने हुन्छ । जाडो मौसममा जन्मने शिशुहरुमा शरीरको तापक्रम कम हुने र चिसो लाग्ने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । चिसोका कारण बच्चाहरुमा इन्फेक्सन हुन सक्ने प्रसूति गृह, थापाथलीका डा. शैलेन्द्रवीर कर्माचार्यले बताए ।
डा. शैलेन्द्रवीर कर्माचार्य
उनका अनुसार जाडोमा जन्मने बच्चाहरुमा यस्तो समस्या देखिन सक्छन्,
चिसो हुन सक्छ । सुगरको मात्रा कम हन सक्छ । इन्फेक्सन हुन सक्छ । निमोनिया हुन सक्छ ।
ठूला बच्चाहरुमा देखिने समस्या रुघाखोकी लाग्ने । झाडापखला हुने । निमोनिया हुने ।
नवजात शिशुको हेरचाह कसरी गर्ने ? चिसोबाट शिशुलाई जोगाउने । न्यानो कपडाहरु लगाइदिने । घाममा खाख्ने । शरीर तथा टाउकोमा तेल लगाइदिने । सुत्केरी महिला र शिशुलाई घाम लाग्ने कोठामा राख्ने । नियमित आमाको दुध चुसाउने ।
गर्भवती तथा सुत्केरी महिलाले ध्यान दिनुपर्ने कुरा चिसोबाट जोगिने । चिसो खानेकुरा नखाने । पोषिलो र झोलिलो खाना नियमित खाने । मासु, अण्डा, गेडागुडी खानुपर्छ । घर बाहिर निस्किँदा बाक्लो र न्यानो लुगा लगाउने ।
जाडोको समयमा यस्तो गर्नु हुँदैन बच्चा, गर्भवती तथा सुत्केरी महिलाले सर्दी (चिसो) लाग्ने खानेकुरा खानु हुँदैन । तातो बानाउने भनेर रुपमा धुँवा आउने गरी आगो बाल्नु हुदैन । बच्चाको आँखा, नाक, कान, पिसाव गर्ने अंगमा तेल लगाउनु हुँदैन । चिसो कोठामा बस्नु हुँदैन । चिया अत्याधिक पिउनु हुँदैन । शरीरमा पाउडर लगाउनु हुँदैन ।