×

NMB BANK
NIC ASIA

गोरखामा रोचक चुनावी प्रतिष्पर्धा : बाबुराम–नाराजणकाजी को बलियो ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
गोरखा, १४ कात्तिक -तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बन्नुभएका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक÷फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहौल रोचक बनेको छ । 

माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँहरूले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ । 

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बन्नुभएको हो । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार बन्नुभएको छ । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उहाँ कारागार तोड्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उहाँ बाहिर निस्कनु भएको थियोे । 

नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बन्नुभएको छ । माओवादीमा रहदा उहाँ तीन पटकसम्म ककारागारमा पर्नुभएको थियो । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गर्नुभएको थियो । 

विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत हुनुभएको थियो । 

नहर्कीको संघर्षपूर्ण यात्रा 

कारागारबाट सुरुङ खनेर बाहिर निस्कनुभएकी नहर्की त्यसअघि पनि पटक÷पटक कारागार पर्नुभएको थियो । विसं. २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बन्नुभएकी उहाँ सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार पर्नुभयो भने०५६ मा फेरी पक्राउ पर्नुभएकी उहाँ ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुग्नुभएको थियो । 

राजनीतिमा संघर्ष गर्दागर्दै उहाँ एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार हुनुभयो । क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उहाँ अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ । 

राजनीतिमा गरेको संघर्ष चुनाव जित्ने गतिलो आधार रहेको बताउनुहुने नहर्की अहिले चुनावमका लागि घरदैलो कार्यक्रममा हुनुहुन्छ । यसअघि स्थानीय तह निर्वाचनका बेला गोरखाको प्रमुख पदका लागि उहाँ टिकटको दाबेदार हुनुहुन्थ्यो तर सो बेला पार्टीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाए पनि काँग्रेसका राजनराज पन्तसँग पराजित हुनुभयो । गोरखा– २ (क) प्रदेशमा गोरखा नगरपालिका– ८ देखि १४ वडा पालुङटार नगरपालिका पर्छ । 

राजनीतिमा हरेश नखाएका हरिशरण  

आचार्य विद्यार्थी नेताको रूपमा चिनिनुहुन्छ । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिनुभएका उहाँ ०५४ मा पूर्णकालिन कार्यकर्ता हुनुभयो । विसं ०५४ मा पहिलोपटक पक्राउ पर्नुभएका उहाँ किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुट्नुभएको थियो । 

विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभएका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ पर्नुभयो । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुट्नुभएको थियो । 

विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय हुनुभएका उहाँ उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लाग्नुभयो । 

नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बन्नुभएका आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार हुनुहुन्थ्यो तर उहाँको सटृा अशोक देवकोटाले टिकट पाए पनि काँग्रेसका दीपकबाबु कँडेलसँग पराजित हुनुभयो । 

पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउनुहुन्छ । विकास र संमृृद्धिका लागि जनताले भोट दिने आचार्यको विश्वास छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x