०८ असार २०८३, सोमबार

काठमाडौंलाई सुर्तीरहित बनाउन अमेरिकी नागरिकबाट करोड प्रदान

कात्तिक २०, २०७४
 काठमाडौंलाई सुर्तीरहित बनाउन अमेरिकी नागरिकबाट करोड प्रदान

काठमाडौं, १४ कात्तिक– काठमाडौं महानगरपालिकालाई सुर्ती रहित नगर बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंलाई अमेरिकी नागरिकबाट १ करोड नेपाली रुपैंया सहयोग प्राप्त भएको छ ।

अमेरिकाकी नागरिक तथा नसर्ने रोगका सद्भावना दुत माइकल बुम्वरले नेपाललाई एक करोड नेपाली रुपैयाँ सहयोग गरेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यसको लागि अमेरीकी नागरीकले १ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । काठमाडौं महानगरपालिकालाई सूर्ती रहित सहर बनाउन हामी योगनाहरु बनाउँदै छौं । अन्तराष्ट्रिय स्तरबाट आएको सहयोग परिचालनको लागि काठमाडौंमहानगरमा प्रस्ताव पेश गरिएको छ ।’

जिल्ला जनस्वास्थ्य कार्यलयलले काठमाडौं महानगरपालिका संगको सहकार्यमा काठमाडौंलाई सूर्तीजन्य पदार्थको प्रयोगलाई शुन्य बनाउन छिटै विभिन्न कार्यक्रम गरी अभियान सुरु गर्ने उनको भनाइ छ ।

सार्वजनिक स्थलमा चुरोट तथा सूर्तीजन्य पदार्थको सेवन गर्ने ८३ प्रतिशत मानिस रहेको र उनीहरुका कारण अन्य व्यक्तिलाई समेत असर गरेको भन्दै यसको नियन्त्रणमा ढिलाई भएको स्वीकार्नु भयो ।

‘सूर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा सरकारले कडा कानून बनाएको छ त्यसलाई हामीले प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न सकेका छैनांै । अब हामी नयाँ योजनाहरु बनाएर यसको नियन्त्रणमा लाग्ने तयारीमा छौं,’ श्रेष्ठले भने, ‘हुन त यो काम निकै चुनौतिपूर्ण छ, तर अबका नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थको सेवनबाट मुक्त गराउन यसको विक्रीवितरण र निषेधित क्षेत्रमा हुने सेवनलाई कडाई गर्नेछौ ।’

महानगरको सहकार्यमा योजनाहरु बनाएर छिटै पत्रकार सम्मेलन मार्फत सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्