०३ असार २०८३, बुधबार

२७ वर्षपछि इराकमा पहिलो जनगणना गरिँदै, दुई दिन कर्फ्यु लगाउने

भदौ १७, २०८१
काठमाडौं
२७ वर्षपछि इराकमा पहिलो जनगणना गरिँदै, दुई दिन कर्फ्यु लगाउने

इराकमा २७ वर्षपछि मुलुकको पहिलो जनगणना गरिँदै छ । जनगणनाका लागि नोभेम्बरमा दुई दिने कर्फ्यु लगाउने अधिकारीहरूले घोषणा गरेका छन् । 

'जनगणना गर्न इराकका सबै प्रान्तमा नोभेम्बर २० र २१ मा कर्फ्यु लगाइने छ,' प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले एक विज्ञप्तिमा भनेका छन् । 

दशकौँको द्वन्द्व र हिंसाले ग्रस्त इराकले विवादास्पद क्षेत्रहरूमा समुदायहरूबीचको तनावका कारण धेरै पटक जनगणनालाई स्थगित गर्दै आएको छ । 

पछिल्लो पटक स्वायत्त कुर्दिस्तान क्षेत्र बन्ने तीन उत्तरी प्रान्तलाई छाडेर सन् १००७ मा इराकका १५ प्रान्तमा सामान्य जनगणना भएको थियो । 

छिटपुट हिंसा र राजनीतिक उथल–पुथल भए पनि इराकले हालैका वर्षहरूमा स्थिरताका केही झलक हासिल गरेको छ । हालको अनुमानले आजको जनसङ्ख्या करिब चार करोड ३० लाख राखेको छ ।

अधिकारीहरूले आगामी जनगणनाका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) सँग साझेदारी गरेका छन् । 

विगतमा इराकमा प्रत्येक १० वर्षमा जनगणना हुने गर्थ्यो । सन् २००७ मा मुलुकमा साम्प्रदायिक हिंसामा फसेको बेला जनगणना हुन सकेन ।

salt training

कमेन्ट गर्नुहोस्