०९ असार २०८३, मंगलबार

पहिलो किस्ताको रकम तिरेपछि नवीकरण भयो एनसेलको लाइसेन्स

भदौ १७, २०८१
काठमाडौं
पहिलो किस्ताको रकम तिरेपछि नवीकरण भयो एनसेलको लाइसेन्स

सरकारले टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको लाइसेन्स नवीकरण गरेको एनसेलका एक अधिकारीले बताए ।

‘प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको छ । हामीलाई आइतबार राति मात्रै जानकारी आएको हो,' एनसेलका ती अधिकारीले लोकान्तरसँग भने, 'हामीले पहिले नै पहिलो किस्ताको रकम बुझाइसकेका थियौँ । प्राधिकरणबाट हिजो मात्रै लाइसेन्स नवीकरणको जानकारी आएको हो ।’

एनसेलले गत जेठमै पहिलो किस्ताबापत्को अग्रिम ४ अर्ब रकम बुझाएर लाइसेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । त्यसैको बाँकी एक अर्ब हाल बुझाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता प्रदीप पौडेलले एनसेलले पहिलो किस्ताबापत्को बाँकी एक अर्ब रुपैयाँ बुझाएको जानकारी दिए । 

सरकारले गत बिहीबार एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले नवीकरण शुल्कवापत् एनसेलले तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्नेगरी निर्णय गरेको थियो । 

तिर्नुपर्ने २० अर्बमध्ये ५ अर्ब रुपैयाँ बुझाइसकेको र बाँकी १५ अर्ब रुपैयाँ एनसेलले तीन किस्तामा तिर्न पाउने छ । किस्ता तिर्दा १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्