०५ साउन २०८३, मंगलबार

शिद्धबाबा सुरुङ खन्ने काम चौबीसै घण्टा धमाधम, खनियो ४९० मिटर

भदौ १७, २०८१
बुटवल
शिद्धबाबा सुरुङ खन्ने काम चौबीसै घण्टा धमाधम, खनियो ४९० मिटर

शिद्धबाबा सुरूङमार्ग ४९० मिटर खनिएको छ । एक हजार १२६ मिटर लामो सुरुङमा दुवै तर्फबाट ४९०.८६ मिटर खनिएको छ । सोमवारसम्म उत्तरतर्फबाट २१४.८६ र दक्षिणतर्फबाट २७६ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । पहिलो बाइपास ११६, दोस्रो १०२ र तेस्रो १०५ मिटर खनिएको छ । आयोजनाको कुल भौतिक प्रगति २१.४ प्रतिशत रहँदा वित्तीय प्रगति २३.८ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा खन्न थालिएको छ । कुनै समस्या नआए अबको १०० दिनभित्र सुरुङको ‘ब्रेक थ्रू’ हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताएका छन् ।

अहिले सुरुङ निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्