०६ असार २०८३, शनिबार

शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प

भदौ १७, २०८१
कञ्चनपुर
शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प

विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यायको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ । गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताए । 

गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उनको भनाइ रहेको छ । उनका अनुसार विद्यालयमा सात सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक मात्रै कार्यरत रहेका छन् । आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उनले उल्लेख गरे । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्को विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उनले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्