०२ असार २०८३, मंगलबार

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

भदौ १७, २०८१
काठमाडौं
संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका छन्  ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिएका हुन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्