२७ जेठ २०८३, बुधबार

काबुलमा आत्मघाती हमला हुँदा छ जनाको मृत्यु, १३ घाइते

भदौ १७, २०८१
काठमाडौं
काबुलमा आत्मघाती हमला हुँदा छ जनाको मृत्यु, १३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ । 

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज दिउँसो शरीरमा विस्फोटक पदार्थ लगाएका एक व्यक्तिले विस्फोट गराएका छन् ।”
 
उनले भने, “दुर्भाग्यवश, आक्रमणमा एक महिलासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।” 

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्