२८ असार २०८३, आइतबार

तीन डीआईजीको सरुवा, विमानस्थल कार्यालयमा राणा

भदौ १७, २०८१
काठमाडौं
तीन डीआईजीको सरुवा, विमानस्थल कार्यालयमा राणा

नेपाल प्रहरीका तीन जना डीआईजीको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको बैठकले डीआईजी कृष्णहरि शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरेको छ । 
डीआईजी विष्णु कुमार केसी अनिवार्य अवकासमा गएसँगै रिक्त स्थानमा उनलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए । 

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र प्रहरी प्रधान कार्यालयमा कार्यरत भरत बहादुर बोहरालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्