२३ असार २०८३, मंगलबार

श्रीलंकामा रहेको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै

भदौ १८, २०८१
हुम्ला
श्रीलंकामा रहेको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै
फाइल तस्वीर

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलंका गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ । श्रीलंका डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आजदेखि शुरू हुन लागेको हो ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीबार हुनेछ । 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्