२१ जेठ २०८३, बिहीबार

अलिसा न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

भदौ १८, २०८१
मकवानपुर
अलिसा न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

 हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।
 
खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्