१६ असार २०८३, मंगलबार

चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च

भदौ १८, २०८१
महोत्तरी
चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च
फाइल तस्वीर

महोत्तरीसहित मधेशमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेशका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् ।

चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन रही आएको छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आगामी शुक्रबार साँझ मनाइँदैछ । 

मिथिलामा चौरचन पर्व महत्वपूर्ण पर्वमध्ये मानिन्छ । अहिले पर्वका लागि आफ्ना उत्पादित कृषि उपज बजार पुर्याउने किसान र व्यापारी तथा सामान किन्न पुग्ने उपभोक्ताको सघन जमघटले पर्वका बजार बिहानैदेखि जम्ने गरेका छन् ।

चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट दुई लाख प्राप्त भइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताए । उनले १० कठ्ठा क्षेत्रफलमा केराखेती लगाएका छन् । जिल्लाभरिमा चौरचन पर्वमा ५० लाख हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अड्कल छ ।

पर्वका लागि छिप्पी नसकेका कलिला कोसाका केरा पनि प्रशस्तै देखिएको छ । यसैगरी पर्वको बजार भोलिसम्म मात्र हुँदा कलिला केरा कार्वाइड हालेर पकाइएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्