०३ असार २०८३, बुधबार

विनोद चौधरीले खोले कांग्रेस प्रवेश गर्नुको रहस्य

कात्तिक २०, २०७४
 विनोद चौधरीले  खोले कांग्रेस प्रवेश गर्नुको रहस्य
काठमाडौँ, १४ कात्तिक उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताएका छन् ।Binod_1

उद्योगपति चौधरीले आज एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी समेत गराएका छन् । ‘आफू किन काँग्रेस प्रवेश गरेँ’ भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।”

आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्