०८ साउन २०८३, शुक्रबार

सरकार यही तरिकाले गए व्यवस्था र मुलुकमाथि संकट पर्छ– चन्द्र भण्डारी

भदौ १८, २०८१
काठमाडौं
सरकार यही तरिकाले गए व्यवस्था र मुलुकमाथि संकट पर्छ– चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा चन्द्र भण्डारीले सरकार यही तरिकाले गए व्यवस्थामाथि संकट पर्ने बताएका छन् । कांग्रेस र नेकपा (एमाले) मिलेर केपी ओलीको नेतृत्वमा सरकार बनेको दुई महिना नबित्दै सत्तापक्षकै सांसदबाट आलोचना शुरू भएको हो । 

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद भण्डारीले सरकारको यही कार्यशैली रहे व्यवस्था र देशमाथि नै संकट उत्पन्न हुने चेतावनी दिएका हुन् । ‘यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ, संकट नेतृत्वमाथि र मुलुकमाथि पनि पर्छ,’ उनले भने, ‘सरकारले काम गरेर देखाउनु पर्छ । म व्यवस्थाका लागि लडेर साढे ५ वर्ष जेल परेको हुँ । नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने यो भारी बोक्न सक्दैनौ ।’

सांसद भण्डारीले दुई पार्टीको सहकार्यमा सरकार बनेपनि जनताका आधारभूत विषय सम्बोधन हुन नसकेको बताए । ‘कांग्रेस र एमाले मिलेको छ भनेर सुनिन्छ भनेर जनताले भनेका छन् । कांग्रेस–एमाले मिलेपनि जनताले पाउनुपर्ने सुविधा पाउनु पर्यो नि !’, उनले भने । 

भण्डारीले निर्माण व्यवसायीले भुक्तानी नपाउँदा विकास निर्माणका काम ठप्प र अस्तव्यस्त बनेकोतर्फ औँल्याए ।


 

salt training

कमेन्ट गर्नुहोस्