२५ असार २०८३, बिहीबार

ओलीलाई राजेन्द्र लिङ्देनले भने– यो शुभ संकेत होइन

भदौ १८, २०८१
काठमाडौं
ओलीलाई राजेन्द्र लिङ्देनले भने– यो शुभ संकेत होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आलोचना गर्नेमाथि धरपकड नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । अहिलेको सरकार र व्यवस्थाप्रति जनताले चित्त नबुझाएको दाबी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । 

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा लिङ्देनले सरकारको विरोध गर्नेलाई धरपकड गरेर समस्या समाधान हुन नसक्ने बताए ।  

‘विरोध गर्नेमाथि टुँडिखेलमा धरपकडका प्रयास भए । सरकारको नेतृत्वलाई भन्न चाहन्छु, यो शुभ संकेत होइन,’ उनले भने, ‘जनताको आवाजलाई स्वीकार गर्नुस्, अहिलेको सरकार र व्यवस्थामा चित्त बुझाइराखेका छैनन् भनेर । तपाईंहरू सच्चिनुस् ।’

salt training

कमेन्ट गर्नुहोस्