१० साउन २०८३, आइतबार
एमालेको पोलिटब्यूरो बैठक

देशमा अराजकता मच्चाउने कोसिस भइरहेको छ, ट्याकल गरिन्छ- ओली

भदौ १८, २०८१
काठमाडौं
देशमा अराजकता मच्चाउने कोसिस भइरहेको छ, ट्याकल गरिन्छ- ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता मच्याउने कोसिस भइरहेको बताएका छन् । त्यस्ता प्रयासलाई रोक्न सरकार सक्षम रहेको पनि उनले उल्लेख गरे । 

मंगलवार बसेको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अराजकता मच्चाउन भइरहेका प्रयासलाई सरकारले ट्याकल गर्ने बताएका हुन् । 

‘सरकारविरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाउने कोसिस भइरहेको छ । सबैको ट्याकल गर्न हामी सक्षम छौं,’ उनको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले लोकान्तरसँग भने । 

ओलीले पार्टी बैठकभन्दा बाहिर आफ्नो धारणा राख्दा पनि अराजकता मच्चाउने कोसिस भइरहेको बताउँदै आएका छन् । 

नयाँ सरकार बनेपछि देशमा सुधारका सकारात्मक संकेत देखिएको ओलीले बैठकमा दाबी गरे । 

‘आर्थिक र लगानीको क्षेत्रमा केही सकारात्मक संकेत देखिएका छन् । आर्थिक विकासमार्फत नै मुलुक समृद्ध हुने हो । आर्थिक विकास भएमा अराजक क्रियाकलाप आफैँ रोकिएर जान्छन्,’ उनले भने । 

मंगलवारको बैठक पार्टी संगठनको विषयमा केन्द्रित रहेकाले ओलीले अन्य राजनीतिक विषयभन्दा एमालेलाई सुदृढ शक्ति बनाउनेबारे धारणा राखेका थिए । 

पोलिटब्यूरो बैठक बुधवार बिहान ११ बजे पुनः बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्