
नेपाल राष्ट्रबैंकले यो वर्षको दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सुकिला नोट साट्ने भएको हो ।
यस वर्षदेखि राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सफा र सुकिला नोट साट्ने बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए ।
‘राष्ट्रबैंकले हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्ने गथ्र्यो । यस वर्षदेखि भने नयाँ नोटको ठाउँमा सफा र सुकिला नोट साट्नेछ,’ उनले भने ।
राष्ट्रबैंकले हरेक वर्ष स्टकमा भएका नयाँ नोट दशैँको समयमा सर्वसाधारणलाई साट्न दिने गदथ्र्याे । यस वर्षदेखि डिजिटल कारोबारलाई प्रवर्द्धन तथा ‘म्यानेजमेन्ट कस्ट्’लाई व्यवस्थापन गर्न नयाँ परिपाटी ल्याइएको राष्ट्रबैंकले जनाएको छ ।