३० जेठ २०८३, शनिबार

सङ्खुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

भदौ १८, २०८१
संखुवासभा
सङ्खुवासभाको चैनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

यहाँको चैनपुर नगरपालिका– २ चित्लाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। 

चैनपुरको सिद्धपोखरी–नुनढाकी सडकखण्डमा आज दिउँसो खाद्यान्न बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरको डालीमा बसेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्