२१ जेठ २०८३, बिहीबार

सर्पले डसेका युवकको बाटोमै मृत्यु

भदौ १८, २०८१
सर्लाही
सर्पले डसेका युवकको बाटोमै मृत्यु

 सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्युभएको हो । आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्