२२ जेठ २०८३, शुक्रबार

तारकेश्वरमा खोलाले बगाएर किशोर बेपत्ता

भदौ १९, २०८१
काठमाडौं
तारकेश्वरमा खोलाले बगाएर किशोर बेपत्ता

काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । 

हिजो साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका हुन् । 

उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्