१५ असार २०८३, सोमबार

तीन महिनापछि सुकेटार विमानस्थलबाट हवाई उडान शुरू

भदौ १९, २०८१
ताप्लेजुङ
तीन महिनापछि सुकेटार विमानस्थलबाट हवाई उडान शुरू

प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा बुधवारदेखि पुनः उडान शुरू भएको छ । 

मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान शुरू भएको हो । प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत शुरू भएकाले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान पुन: सुचारु भएको जानकारी दिए ।
 
उनका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौंबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौं गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधवार एक दिन मात्र उडान तालिका राखिएको छ । त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौंसम्म रु नौ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ ।–रासस–

salt training

कमेन्ट गर्नुहोस्