११ साउन २०८३, सोमबार

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’ : नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

भदौ १९, २०८१
काठमाडौं
निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’ : नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’को विशेष छुटको योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडीहरू- निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेलमा लागू हुने कम्पनीले जनाएको छ ।​​

कम्पनीका अनुसार नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा विशेष छुटको योजना ल्याइएको हो ।

यो योजना चाडपर्वको अवधिभर लागू हुनेछ ।

‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा प्राप्त गर्नेछन् । 

null

जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ वर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र रू. १५ लाखसम्मको छुट प्राप्त गर्न सकिने छ ।

निसान म्यागनाइट - एक बिग, बोल्ड, ब्युटिफुल र 'कारिजम्याटिक' एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन् ।

निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।

त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो ।

जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ ।

निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।

null

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ ।

यी सुविधाहरूमा केही सर्तहरू लागू हुने कम्पनीले जानकारी दिएको छ ।​

पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ ।

सम्पूर्ण ग्राहकहरूलाई नजिकको निसान सोरुमा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू को मज्जा लिन आह्वान गर्दछ । ​

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालका लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो ।

कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्ट पुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्