०१ असार २०८३, सोमबार

पहिरोले हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

भदौ २०, २०८१
काठमाडौं
पहिरोले हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सडकमा आवतजावत रोकिएको हो । 
    
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको भण्डारीको भनाइ छ  ।

यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ । 
    
बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभर्‍याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो ।

टोली विभिन्न उपाय अपनाएर बगरमा अलपत्र परेका चारैजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्