१९ असार २०८३, शुक्रबार

कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- निर्मला हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ

भदौ २०, २०८१
काठमाडौं
कञ्चनपुर पुगेर गृहमन्त्रीले भने- निर्मला हत्या प्रकरणको सुक्ष्म अनुसन्धान हुन्छ

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । 'यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ,' उनले भने । 

फरक प्रशंगमा कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने उनले बताए । 'कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,' उनले भने, 'निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ । दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ । छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।'

पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्